प्रदेश 2

नेता झाको बिहार भ्रमण : बिहारका उपमुख्मन्त्रीसहित शीर्ष नेताहरुसँग भेट

३० भदौ वीरगञ्ज, । बिहार भ्रमणका क्रममा रहेका नेपाली कांग्रेसका नेता कञ्चन झाले बिहारका शीर्षतः नेताहरुसँग भेटवार्ता गरेका छन् । बुधबार उनले बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री तेज प्रताप यादव र राष्ट्रिय जनता दल(आरजेडी) का संस्थापक नेता लालु प्रसाद यादवसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा नेपाल–भारत ऐतिहासिक सम्बन्ध र सीमापार सम्बन्धबारे विशेष चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताए । वर्षेनी सीमाञ्चलका जिल्लाहरुमा हुने डुबानका विषयमा पनि छलफल भएको जनाइएको छ ।

सो क्रममा आरजेडीका संस्थापक नेता यादवले बाराको गढीमाई मेलाबारे आफ्नो उत्सुकता राखेका थिए । जबाफमा नेता झाले उनलाई आउँदो गढीमाई मेलाका साथै पशुपतिनाथको दर्शन र मधेश भ्रमणको निम्तो दिएका छन् ।

भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहको निमन्त्रणामा कांग्रेसका नेता झा नेतृत्वको टोलि २ दिने बिहार भ्रमणको क्रममा छ ।