८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको तरुण दल सुनसरी क्षेत्र नम्बर ४ ले कात्तिक १२ गते शनिबार क्षेत्रीय भेला गर्ने भएको छ ।
तरुण तल सुनसरीका सभापति सिजन गुरुङ र क्षेत्र नम्बर ४ का सभापति अफजल हुसेनले संयुक्त बिज्ञप्ती निकाल्दै उक्त भेलाबारे जानकारी गराएउका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सुनसरी क्षेत्र नम्बर ४ का साँसद, नेपाल सरकारका सूचना तथा सँचार एबम् कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधि सभाका उम्मेद्वार रहेको उक्त क्षेत्रमा हुने तरुण दलको कार्यक्रम निर्बाचन केन्द्रीत हुने बताईएको छ ।
बिज्ञप्तीमा नेपाल तरुणदल सुनसरी क्षेत्र नं. ४ को क्षेत्रीय भेलामा गाउँ र नगरका तरुणदलका नेता कार्यकर्ताहरुलाई अनिवार्य उपस्थित भई दिन भनिएको छ ।
आउँदो शनिवार दिनको १ बजे हुने ऊँ साई पार्टी प्यालेस इनरुवा–३, सखुवागाछीको कार्यक्रम भब्य बनाउन जिल्ला तरुण दलले नै समन्वय गरेको बताईन्छ ।





