प्रदेश 1

बराहक्षेत्रमा १८ गतेदेखि कात्तिके मेला लाग्ने, ३ लाख तिर्थालू उपस्थित हुने अनुमान

१३ कात्तिक, चक्रघट्टी । चारधाम मध्येको एक बराहक्षेत्र मन्दिरमा यसपटक कात्तिके मेला १८ गतेदेखि २३ गतेसम्म लाग्ने भएको छ । कोरोनाकहरले बिगत २ वर्षदेखि सञ्चालन हुन नसकेको मेला यसपटक भने लाग्ने र यसको तयारी हुँदै गरेको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए ।
बराहक्षेत्रमा वर्षभरी छसात वटा मेला लाग्ने गरेको भएपनि कात्तिके मेलालाई विशेष रूपमा लिइन्छ । नेपालका विभिन्न स्थानबाहेक पनि भारतको बिहार प्रदेश र म्यानमारबाट समेत तिर्थालू आउने गरेको सचिव घिमिरेको भनाइ छ । उनकाअनुसार मेलामा उपस्थित हुने तिर्थालूको सहजताका लागि शौचालय, आराम कक्ष, पार्किङ, सुरक्षा तथा अन्य सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ । कात्तिक १८ गते एकादशीदेखी २३ गते पुर्णिमासम्म लाग्ने मेलामा ३ लाख बढी भक्तालूहरू उपस्थित हुने समेत अनुमान गरिएको छ ।
तमोर करिडोरको कोशीसम्मै पुग्ने बाटो (वैकल्पिक रूपमा बजार नपुगिकन कोकाकौशिकासम्म पुग्ने बाटो) लाई सडक विभाग तथा अन्य सरोकारवालाले स्तरउन्नति गरिदिए भक्तालूको संख्यामा वृद्धि हुनेथियो, सचिव घिमिरेले भनें ।