प्रदेश 1

सुनसरी काँग्रेस भेला शनिबार, पाँच सयको उपस्थिति हुने आयोजकको अनुमान

१५ कात्तिक, काठमाडौं । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले सुनसरीबाट काठमाडौं आई बसोबास गर्नेहरुलाई शनिबारका लागि भेला बेलाएको छ ।
मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन लक्षीत गरी सुनसरीबाट काठमाडौं आई बसोबास गर्नुहुनेलाई भेटघाट तथा परिचय कार्यक्रमका रुपमा आयोजना गरिएको बताईएको छ ।
नेपाली काँग्रेसको गत स्थानीय तहको निर्बाचनमा १२ वटामध्ये ७ वटामा नेपाली काँग्रेसले बिजय हाँशिल गरेकोमा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले १७ वटा बस तथा माईक्रोमा मतदाताहरु पठाएको थियो ।
२०७४ सालको संसदीय निर्बाचनमा सुनसरीका ४ वटा प्रतिनिधि सभा क्षेत्र मध्ये ३ वटा क्षेत्रमा बिजय हाश्लि गर्न सफल भएको प्रतिष्ठा जोगाउन यस पटक काँग्रेसलाई चुनौती छ यस समयमा क्षेत्र नम्बर १ मा काँग्रेसले माओबादी केन्द्रलाई गठबन्धनबाट टिकट दिएको छ भने २, ३ र ४ काँग्रेसको भागमा परेको छ । काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य बिजय गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की र नेता सिताराम मेहताले ३, ४ र २ क्षेत्रमा क्रमशः टिकट पाएका छन् । तिनैजना उम्मेद्वार यसअघिको निर्बाचनमा नेपाली काँग्रेसबाट बिजयी भएका थिए ।


काँग्रेसभित्रको अन्तरद्वन्द्वका कारण काँग्रेस उम्मेद्वारलाई सकस देखिएपनि गठबन्धनका स्थानीय नेताहरुले मतदाता नभड्काए पुरानै अवस्था आउने स्थानीय राजनीतिक ब्यक्तीहरुको बुझाई छ ।
शनिबारको कार्यक्रममा सुनसरीमा प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरुलगायत सबैलाई निम्ता गरिएको र सूचना तथा सञ्चार मन्त्री कार्कीलगायतका नेताहरु सुनसरीमा निर्बाचनका कारण ब्यस्त भएर आउन नभ्याए काठमाडौंमा रहनुभएकाहरु उपस्थित भई आगामी निर्बाचनमा रणनीति तयार गर्न सरसल्लाहसमेत गर्ने सम्पर्क समिति सभापति बाबुराम आचार्य बताउछन् । नेपाली काँग्रेसलाई देशभर बिजय गराउन सम्पर्कसमितिलगायत देशभरका काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक सबै आ–आफ्नो स्थानबाट लाग्नुपर्ने समेत सम्पर्क समिति सभापति आचार्यले बताए ।

सुनसरी भेलामा पाँच सयको उपस्थिति रहने अनुमान समितिका सदस्य सञ्जय खतिवडाको छ । नेपाली काँग्रेसको सबै उम्मेद्वारलाई सुनसरीमा बिजय गराउन भूमिका खेल्ले खतिवडाले बताए । भेला मध्यबानेश्वर सहभागीतामार्गस्थीत बानेश्वर पार्टीप्यालेसमा दिउँसो १.०० हुने बताईएको छ ।