प्रदेश 1

नेपाल बैँक दुहबी शाखा नयाँ भवनबाट सुरु, नगर प्रमुख गच्छादारद्वारा उद्घाटन

२१ कात्तिक, दुहबी । बि. सं. १९९४ मा तत्कालिन राजा त्रिभुवन र प्रधानमन्त्री जुद्दशमशेरले सामुहिक उद्घाटन गरि सेवा बैँकिङ्ग प्रणालिबाट सुरु गरेको नेपालकै पुरानो बैँक नेपाल बैँक लिमिटेड दुहबी शाखाले नयाँ भवनबाट आईतबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु भएको छ। नवनिर्मित भवनको आज दुहबी नगर प्रमुख बेद गच्छादारले रिवन काटेर उद्घाटन गरे सँगै सेवा सुचारु भएको हो।
उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले औधोगिक करिडोर भित्रको पुरानो बजार दुहबीमा सरकारि स्वामित्वको बैँकहरु पछिल्लो समय खुलेपनि प्राइभेट बैँक जसरि ग्रामिण स्थलका बिपन्न परिवारहरु समक्ष पुग्न नसकेको चिन्ता गर्दै नेपाल बैंकले नयाँ भवन बनाए सँगै ग्राहकको सुबिधाका लागि नयाँ स्किम र द्रुत सेवा गर्नेमा आशाबादी रहेको प्रस्ट्याए। उनले सरकारी बैँकहरुले स्थानिय सरकारको खाता सन्चालनमा केन्द्रीय बैँकसंग सहकार्य नगरेको होकि भन्ने सँसय गर्दै प्राइभेट बैँक मार्फत पालिकाहरुले कारोबार गर्नु पर्ने बाध्यता बैँकिङ नीति ठिक नलागेको बताए।
बैँकहरु नाफा आर्जन कै लागि खोलिने हुन, लघुबित्त हरुले बार्सिक १५ हजार करोड मुनाफा आर्जन गर्दा बैँकहरु किन कमजोर देखिए भन्ने मा आफु आस्चार्य परेको साथै बैँकिङ्ग तरलतालाइ छोप्न महङ्गो ब्याजदरले सेवाग्राहि मारमा परेको र त्यसलाइ पुनःर्बिचार गर्नु पर्नेमा जोड दिए। जसरि मानब शरिर्मा भएका कोशिका र सेलहरुमा खराबि आउँदा मान्छे कमजोर हुदैजान्छ त्यसरि नै बैँकिङ्ग प्रणालिमा पनि एक बैंक खस्किदा कमजोर हुने भन्दै गच्छादारले भने ‘आगामि दिनमा दुहबी शाखाको यस बैँकले स्थानिय मिडिया परिचालन गरि ग्राहक बढाउन र सेवा प्रवाह गर्न सकोस’ ।
क्यासियर पारस चौधरिले नेपाल बैँक दुहबी शाखाले धेरै नयाँ सेवा थपेर ग्राहकलाइ छरितो सेवा प्रवाह गरिने बताइन्। साखा प्रबन्धक राम भुसण सिँहले नयाँ भवनबाट नयाँ सेवा थप हुने र ग्राहकले समयमै छिटो छरितो सेवा लिन सक्ने ब्यवस्था मिलाइने र सन्चार जगतबाट सबै ग्राहकलाइ सुचना प्रवाह गरिने बताए।