प्रदेश 1

प्रदेश–१ बाट बागी उम्मेर्द्वारी दिएका १४ नेतालाई काँग्रेसले गर्यो कारबाही, को को परे ?

२२ कात्तिक, बिराटनगर । नेपाली कांग्रेसले प्रदेश नम्बर १ भरिबाट १४ जनालाई कार्वाही गरेको छ । गठबन्धनको मर्म विपरीत नेपाली काँग्रेसबाट बाघी उम्मेद्बारी दिएका उमेदवारहरूलाई पार्टीले अनुशासनको कार्वाही गरिएको हो ।
कांग्रेसले पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिने र उनीहरूलाई समर्थन गरेका नेता कार्यकर्तालाई पाँच वर्षका लागि कडा कारबाही गरेको हो ।
आज काँग्रेस केन्द्रीय कार्यालयले जारी गरिएको विज्ञप्तिमा उनीहरूको सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाइने जनाइएको छ ।
देशभरका ७४ जनालाई पार्टी अनुशासनको कारबाही गरिएको नेपाली कांग्रेसको बिज्ञप्तीमा जनाइएको छ ।

प्रदेश नम्बर १ बाट कााग्रेसबाट कारबाहीमा परेकाहरुमा मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग, सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर, वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा, सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा, फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग, जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग, नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग, गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग, जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग, रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी, प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमहानगरपालीका वडा नं. २ का वडा सभापति, सुनसरी, प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी, धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग रहेका छन् ।