प्रदेश 1

प्रदेश–१ मा प्रदेश सभा निर्बाचन: काँग्रेसले बहुमत ल्याए यसरी बन्छन् राजीव कोईराला मुख्यमन्त्री!

२६ कात्तिक, बिराटनगर । निर्वाचनको सर्गमीसँगै प्रदेश १ मा यतिबेला भावी मूख्यमन्त्रीको पनि चर्चा हुन थालेको छ । संघीयताको कार्याबन्यनसँगै देश प्रदेश संरचनामा विभाजित भएको यस् पाँच वर्षको अबधिमा प्रदेश १ मा तीन जना मूख्यमन्त्री बद्लिइसकेका छन् । तत्कालीन नेकपाका शेरधन राई पहिलो मूख्यमन्त्री भएभने नेकपा विभाजनसँंगै भीमप्रसाद आचार्य दोस्रो मूख्यमन्त्री बने । अहिले पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा (एस) का राजेन्द्र राई मूख्यमन्त्री छन् । तीनजना मूख्यमन्त्री फेरिँदा पनि यस् प्रदेशले आजसम्म नाम पाएको छैन । अहिलेसम्म पनि बेनामको प्रदेश भएकाले पनि यतिबेला प्रदेश एकको आगामी मूख्यमन्त्रीलाई विशेष रूपमा हेरिएको छ ।
पाँच दलीय गठबन्धन वा एमाले नेतृत्वमा आगामी प्रदेश एकमा सरकार बन्ने लगभग निश्चित देखिन्छ । यसमानेमा दलहरूले अहिलेदेखि यस प्रदेशको भावी मूख्यमन्त्रीको रूपमा नेताहरूलाई अगाडि बढाएको सुनिन्छ । यद्यपि अहिलेसम्म कुनै पनि दलले औपचारिक रूपमा नाम सार्वजनिक भने गरेका छैनन् ।
बाहिर आएका केही नामहरूमा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान प्रदेश एकका संसदीय दलका नेता राजिव कोइरालाको नाम चर्चामा छ । त्यस्तै, मोरङ क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका अमृत अर्याल अर्का मूख्य दाबेदार हुन् । उनी कांग्रेसका सिनियर र प्रबल सम्भावना भएका मूख्यमन्त्रीका दाबेदार हुन् । यता मोरङको क्षेत्र नम्बर ४(क)बाट उम्मेदवार बनेका युवा नेता गुरुराज घिमिरे मूख्यमन्त्रीकै दौडमा संघबाट प्रदेशमा झरेको बुझिन्छ । त्यसैगरी कांग्रेसका प्रदेश १ सभापति उद्धब थापा स्वतः सभापतिका नातालेसमेत मूख्यमन्त्रीको लाइनमा छन् ।
अर्कोतर्फ माओवादी केन्द्रले भने वर्तमान प्रदेश १ को सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मूख्यमन्त्रीको रूपमा अघि बढाउने बुझिन्छ । त्यस्तै, एकीकृत समाजवादीबाट वर्तमान मूख्यमन्त्री राजेन्द्र राईको नाम मूख्यमन्त्रीको चर्चामा छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्न चाहेका राईलाई पुनः मूख्यमन्त्री बनाउने शर्तमा प्रदेशमा चुनाव लडाइएको नेकपा (एस) निकट नेताहरू बताउँछन् ।
एमाले नेतृत्वमा सरकार बनेको खण्डमा झापा क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका हिक्मतकुमार कार्की तथा मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका जीवन घिमिरे मूख्यमन्त्री बन्ने अनुमान गरिएको छ । कार्की र घिमिरे यसअघिनै प्रदेश एक सरकारमा मन्त्री बनिसकेका छन् ।
यसमध्येमा पनि पाँच दलीय गठबन्धनको नेतृत्व सरकार गठन हुने अबस्था भएमा राजिव कोइराला मूख्यमन्त्री बन्नसक्ने धेरैले आंकलन गरेका छन् । यसै सेरोफेरोमा हामीले उनै राजिव कोइरालासँग तपाईं प्रदेशको भावी मूख्यमन्त्री हो भन्ने प्रश्न गर्दा उनले भनेका छन्, हुनसक्छ । संघीय सांसदको टिकटको दौडाहामा रहेका नेता कोइरालाले संघीय सांसदमा टिकट नपाएपछि अहिले सुनसरीको क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा चुनाव लड्दैछन् । स्रोतकाअनुसार नेता कोइरालालाई प्रदेशको भावी मूख्यमन्त्रीको रूपमा आश्वासनसहित पुनः प्रदेशमै टिकट दिइएको हो । यस् सन्दर्भमा कोइरालाले भनेका छन्, ‘पार्टीले मलाई प्रदेशमै उठ्न योग्य ठानेर टिकट दिएपछि चुनाव लड्ने सोच बनाएको हुँ ।’
चुनावी घरदैलोमा व्यस्त रहेका कोइराला थप्छन्, ‘मूख्यमन्त्री भनेर हुने कुरा होइन, यो प्रक्रियाले हुने कुरा हो । यसको लागि संसदको अंकगणित मूख्य आवश्यक विषय हो । जनताले अनुमोदित गरेर पठाउन बाकी नै छ ।’ आफू लोकतान्त्रिक पार्टीमा भएको र आजसम्म पनि पार्टीकै निर्णयमा अडिक रहेको उनको तर्क छ । तर समग्रमा मूख्यमन्त्री भनेको पछीको कुरा हो । अहिलेनै भन्न पनि मिल्दैन । फेरि पनि आवश्यकता परे मूख्यमन्त्री पनि परको कुरा होइन, उनले भनें ।
नेताहरु चुनाबी प्रतिष्पर्धामा भएका कारण मुख्यमन्त्री बन्न प्रदेश सभा साँद हुनुपर्ने भएकाले पहिलो बिजयी हुनुपर्ने हुन्छ । पाँच दलीय गठबन्धन भएकाले नेपाली काँग्रेसलगायत गठबन्धनले नै बहुमत हाँसिल गरेमा काँग्रेसले प्रदेश नम्बर १ मा मुख्यमन्त्री पाउने सम्भावना बलियो देखिन्छ । त्यस अवस्थामा संयदीय दलको नेतासमेत बनिसकेका राजीव कोईरालाको नाम अग्रपंतीमा आएपनि ठोकुवा गर्न भने सकिन्न । गुरुराज घिमिरे डा शेखर कोईराला समूहबाट प्रदेश १ का सभापति लडेर दुई मतले पराजय भोगेका गुरुराज घिमिरे, पुराना नेता अमृत अर्याललगायतले मुख्यमन्त्री दाबी गरेपनि राजीव कोईराला मुख्यमन्त्री बन्दा अन्य आकाँक्षीहरुलेसमेत सहयोग गर्ने अपेक्षा काँग्रेसबृतमा छ । यसका लागि राजीव कोईरालाले यसअघिको बिजयीलाई निरन्तरता दिनुपर्ने हुन्छ ।