प्रदेश 1

एमाले कार्यकर्ताद्वारा काँग्रेसको पार्टी कार्यलय तोडफोड !

२७ कात्तिक, दुहबी । दुहबी नगरपालिका वडा नम्बर ७ फर्साहिमा रहेको नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यलय माथि गए राति एमालेका केहि कार्यकर्ताहरुले तोडफोड गरेका छन्।
पार्टि कार्यलय मा गाडेका झन्डा, उमेदवार हरुको फोटो र चुनाव चिन्ह सहितको ब्यानर साथै केहि कुर्सिहरु समेत तोडफोड गरि नजिकै रहेको नालामा फालेको पाइएको छ। नेपाली काँग्रेस वडा नम्बर ७ का सभापति पर्शुराम खाँ का अनुसार रातको १२ बजे सम्म एमालेको उमेदवारहरु सहित घरदैलो कार्यक्रम रहेको र खानपिन समेतको ब्यावस्था भएको हुदा मादक पदार्थ सेवन गरि उत्तेजित बनेर यस्तो कार्य गरेको बताए।
सभापति खाँ का अनुसार चुनाबि प्रचार शान्तिपुर्ण ढङ्गले हुनु पर्नेमा हारको हतास मानसिकता बोकेर बिपक्षि पार्टिहरुले कार्यकर्ता उदन्ड रुपमा प्रस्तुत गर्नु घोर निन्दनिय रहेको जनाए। उनले भने यस्तै कार्य गर्दै जाने हो भने भोलिका दिनमा हाम्रा पार्टिका कार्यकर्ता उपर हातपात साथै ज्यान समेत खतरा हुन सक्ने हुदा शान्ति सुरक्षाको लागि माग गरेका छन्। चुनाव सबैको लागि हो, एजेन्डा लिएर गाउ जाने कि उदण्द, उनले थपे हाम्रा कार्यकर्ताहरु यसरि प्रस्तुत हुदैनन तर उनिहरु यस्ता कृयाकलाप गर्दै गएभने हामी गाउँमा भोट माग्न जान सक्ने स्थिति समेत नरहने भयो।
निर्वाचन सान्तिपुर्ण तवरले हुन सक्ने आकलन गर्न सकिएन, अहिले देखि नै यस्तो उदन्ड कस्ले रोक्ने ? एक स्थानिय कार्यकर्ताले बताएका छन्।