प्रदेश 1

सुनसरी ४ः कडा प्रतिस्पर्धासहित मन्त्री कार्कीले कुशीयतलाई पछाडी पार्दै २४६ मतले गरे अग्रता कायम

१० मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको २२ हजार ७१७ मत आउँदा एमालेका जगदीश प्रसाद कुशीयतको २२ हजार ४७ मत आएकाे छ । पहिलो पटक ५० मत गन्दा अगाडी भएका कुशीयतलाई मन्त्री कार्कीले पछाडी धकेलेका भएपनि पुनः कुशीयतले १६ सयको हाराहारीले मन्त्री कार्कीलाई पछाडी पारेका थिए । पछिल्लो समय कडा प्रतिष्पर्धा हुँदै कुनै समयमा मन्त्री कार्कीस‌ग जगदीश प्रसाद कुशीयतले अग्रता हाँशिल गरेको भएपनि पछिल्लो मतगणनाअनुसार २४६ मतले मन्त्री कार्कीले अग्रता कायम गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहेका मन्त्री कार्कीले यसभन्दा अगाडी बिजय गरेको सुनसरी क्षेत्र नम्बर ४ मा यसअघि प्रदेश सभा क बाट कुशीयत बिजय भएका थिए । २०७९ साल बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनमा ४ वटा पालीका बिजय हुन सफल काँग्रेसले ३२ मा १८ वटा वडामा आफ्नो बिजय हाँशिल गरेको थियो ।
१२ जना स्वतन्त्रसहित २५ जना प्रतिनिधि सभा उम्मेद्वार रहेको सुनसरी ४ को मतपरिणाम प्रदेश नम्बर १ का लागिमात्र नभएर देशकै लागि महत्वपूर्ण छ । एक सय मत गन्दा नै कसको बिजय हुने आँकलन गर्न नसकिएपनि मन्त्री कार्कीलाई सुरुवाती मतगणनामा कुशीयतले पछाडी पारेका भएपनि अहिले २४६ मतले पछाडी धकेलेका छन् ।

काँग्रेसका शक्तीसाली सभापति तथा पर्बु प्रधानमन्त्री स्वर्गीय गीरिजा प्रसाद कोईराला निर्बाचित भएको क्षेत्र भएकाले पनि सुनसरी ४ ले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दछ । कडा प्रतिस्पर्धाकाबीचमा भएको मतगणनामा काँग्रेस उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की र एमाले उम्मेद्वार जगदीश प्रसाद कुशीयत समर्थकहरु आफुहरुले जित्ने दाबी गरिरहेका छन् भने कााग्रेसजन र राजनीतिप्रति चासो राख्ने बिश्वभर बस्ने नेपालीहरुले सुनसरी ४ को मतगणनालाई उत्शुसक्ताका साथ हेरिरहेका छन् । अझै १० वडाको हाराहारीमा मतगणना सम्पन्न हुन बाँकी भएकोले परिणामको बारेमा यसै भन्न सकिने अवस्था छैन ।