बाग्मती

काठमाडौँ १ मा रबिन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह ११४ मतले पछाडी

५ मंसिर, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिएका छन् ।

राप्रपाका मिश्रले तीन हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ८७५ मत पाएका छन् । यसमा नेकपा एमालेकाे सुर्यले १७ सय ३१, रास्वपाकाे घण्टीले १७ सय १३, अामा चिन्हमा १३ सय ३५ मत पाएका छन् ।

नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार हुन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।
मिश्र ११४ मतले नेता सिंहभन्दा अगाडी छन् । यसअघिको निर्बाचनमा पनि नेता सिंह भन्दा केही अग्रता कायम गरेका मिश्रले पछि पुनः पछाडी परेका थिए । नेता सिंह र नेता मिश्रबिच कडा प्रतिष्पर्धा देखिएको छ ।