प्रदेश 1

काँग्रेसका कार्कीले ४०० मा १८५ ल्याएर अग्रता कायम, एमालेका कुशीयतको १४१

५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

यहाँ चार सय मतगणना गर्दा कार्कीले एक सय ८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले १४१ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् ।

यसअघि पनि मन्त्री कार्कीले यस क्षत्रमा बिजय हाँशिल गरेका थिए । उस अघि रमेश श्रेष्ठसँग प्रतिष्पर्धा गर्दा भारी मतले बिजय भएका मन्त्री कार्कीसँग उबेला प्रदेश सभा क बाट बिजय भएका जगदीश प्रसाद कुशीयतसँग छ । प्रदेश सभा ख मा काँग्रेसका डा इस्रायलले ३८२ मत ल्याएर अग्रता कायम गरेका छन् भने जसपाले २३२ मत ल्याएको छ ।

प्रदेश सभा क मा काँग्रेसका डा सदानन्द मण्डलले ४१९ मत ल्याएर अग्रता कायम गरेका छन् भने जसपाले २५६ मत ल्याएको छ ।