प्रदेश 1

ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता

६ मंसिर, ओखलढुंगगा । ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले सुरुवाती अग्रता लिएका छन् ।
नेकपा (एमाले)को पकड क्षेत्र मानिने लिखु गाउँपालिकाका विभिन्न वडाको जारी मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले दुई हजार २० मत प्राप्तगर्दा एमालेका सुनुवारले एक हजार ६६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गरेका छन् ।
प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार र प्रदेशसभा २ मा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।