प्रदेश 1

सुनसरी–२ (२) मा काँग्रेसका कोईरालासंग एमालेका मेहता झिनो मतले विजयी

१० मंसिर, इटहरी । सुनसरी क्षेत्र नं २ (२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन् । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए । यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेका छन् ।