प्रदेश 1

मोरङ–१ मा कांग्रेसका लिम्बु २७ हजार २९७ मतसहित विजयी

१० मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार लिम्बुले २७ हजार २९७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरे । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए ।

यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी भएका छन् । उनले १३ हजार ५३१ मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुशल साम्वाले १० हजार ४ मत प्राप्त गरे।

यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी भएका छन् । उनले १४ हजार ५३९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गरे ।