सामाजिक सञ्जाल

राष्ट्रपतिका लागि केदारभक्त माथेमा, डा. देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्य र डा. सन्दुक रुईत उत्तमः डा आचार्य

१ पौष, काठमाडौं । राष्ट्पति निर्बाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्रलगायतमा कसलाई बनाउने भन्ने बिषयमा आन्तरिक गृहकार्य भईरहेका बेला स्वतन्त्र ब्यक्तीहरुले पनि आफ्नो धारणा राखेका छन् ।

यसमा पुर्बाधारबिद डा सुर्यराज आचार्यले केदारभक्त माथेमा, डा. देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्य र डा. सन्दुक रुईतजस्ता हस्तीहरुलाई राष्ट्रपति बनाउँदा राम्रो हुने धारणा राखेका छन् ।
भर्खरै भएको आमनिर्बाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतमा दलहरुले मिलेर लेनदेनका आधारमा चयन गर्ने गर्दछन् । डा आचार्यले अगाडी लयाएका नामहरु नेपाली समाजमा राम्रा मान्छेका रुपमा परिचित छन् । राष्ट्पति पद संबैधानिक हुने र प्रतिष्ठाको पदमात्र भएकाले सर्बसाधारणहरुले पनि यस्ता ब्यक्त बनाउँदा राम्रो मान्ने चिया पसलमा चर्चा सुन्ने गरिन्छ । यसै अनुसार बिभिन्न ब्यक्तीहरुले आफ्नो धारणा राख्दै आएका छन् ।

डा आचार्यले भनेका छन्ः
राष्ट्रपतिका लागि उपयुक्त व्यक्तित्वको चर्चा रैछ।
केदारभक्त माथेमा, डा. देवेन्द्रराज पाण्डे, निलाम्बर आचार्य र डा। सन्दुक रुईत सबै नाम उपयुक्त!
राजनीतिज्ञ मध्येबाट चै सिपी मैनाली पनि उपयुक्त हुन जस्तो लाग्छ।
राष्ट्रिय पार्टी बनेका दलको सम्बद्धता बाहिरबाट राप बनाउन सकेमा उत्तम !