राजनीति

कालो दिनको बिरोधमा नेता मिश्रले भनेः सुन्दर पहिरनले शरीर ढाके पनि लोकतन्त्रको टोपी नलाए अक्षम्य अपराध हुन्छ

१ पौष, काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले पौष १, २०१७ गतेका दिन तत्कालीन राजा महेन्द्र बिरबिक्रम शाहले कु गर्दै बिपी कोईरालाको सरकारलाई हटाएपछि मान्दै आएको कालोदिनलाई ब्यंग्य गर्दै बिरोध गरेका छन् ।
उनले ट्वीट गर्दै पूर्णत नाङ्गो शरीरमा लोकतन्त्रको टोपी लगाए सबै लाज छोपिन्छ, सुन्दर पहिरनले शरीर ढाके पनि लोकतन्त्रको टोपी नलाए अक्षम्य अपराध हुन्छ भनेर साँकेतिक बिरोध गरेका छन् ।
उनलेृ कालो दिबस मनाउने नेपाली काँग्रेसलगायतका दलहरु तथा सरोकारवालालाई प्रश्न गर्दै भुटान, चिन, सिङ्गापुर, मलेसिया, खाडी र अफ्रिकामा तिब्र विकास गरेकारगरिरहेका ‘पश्चगामी’ देशहरूले साँच्ची ‘कालो दिवस’ कुनरकुन दिन मनाउँछन् रे ? भनेका छन् ।
उनको भनाईः
पूर्णत नाङ्गो शरीरमा लोकतन्त्रको टोपी लगाए सबै लाज छोपिन्छ। सुन्दर पहिरनले शरीर ढाके पनि लोकतन्त्रको टोपी नलाए अक्षम्य अपराध हुन्छ। भुटान, चिन, सिङ्गापुर, मलेसिया, खाडी र अफ्रिकामा तिब्र विकास गरेकारगरिरहेका ‘पश्चगामी’ देशहरूले साँच्ची ‘कालो दिवस’ कुनरकुन दिन मनाउँछन् रे ?