बाग्मती

काँग्रेसले ओली, लिंदेन वा लामिछानेलाई प्रधानमन्त्री मान्नेगरी बोलायो पदाधिकारी बैठक, प्रचण्ड सरकार ढल्ने !

२२ पुस, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका छन् ।
पार्टीका उपसभापति, महामन्त्रीलगायत महत्वपूर्ण नेताहरुलाई बेलाएर २३ गतेको काँग्रेसको संसदीय दलको बैठक, २६ गते प्रचण्डले लिने सपथलगायतका बिषयमा महत्वपूर्ण छलफल गर्ने बताईएको छ ।
काँग्रेसको प्रचण्ड सरकार ढाल्न केपी ओली वा राजेन्द्र लिंदेन वा रबि लामिछानेलाई प्रधानमन्त्रीका लागि मान्न तयार हुने गरी अगाडी बढ्ने रणनीति लिएको राजनीतिक बिश्लेशण गरिन्छ ।
काँग्रेस ठूलो दल भएपनि सरकार बाहिर बस्नुपरेपछिको आजको बैठक नै सबैभन्दा महत्वपूर्ण बैठक हो । आजको बैठकको एजेण्डा भने काँग्रेसले खुलाएको छैन । पौस २६ गते बिश्वासको मत लिनेगरी अगाडी बढेको प्रचण्ड सरकार एमालेले साथ छाडेका तत्काल ढल्नेछ । नयाँ बनिसकेको गठबन्धन भत्किने सम्भावना कम भएपनि यसै हुन्छ भनेर ग्यारेन्टी भने गर्न सकिनन ।