आर्थिक

लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न

२८ पौस, काठमाडौं । आज लक्ष्मी बैंक लिमिटेडले बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८÷७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।