समाचार

रवि लामिछानेको अभिव्यक्तिप्रति युनियनको गम्भीर ध्यानाकर्षण

२३, माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण गरेको छ ।

रास्वपाको हिजो बसेको केन्दीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएपछि युनियनले गम्भीर आपत्ति जनाएकोछ ।

‘संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति युनियनले चिन्ता प्रकट गर्दछ ।

त्यस्तै लामिछानेको उक्त सार्वजनिक अभिव्यक्तिप्रति नेपाल पत्रकार माहसघंले पनि प्रस विज्ञप्तीमार्फत ध्यानाकर्षण गरेको छ ।