२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको परिवारलाई भेटेका छन् । महामन्त्री शर्मा आचार्य परिवारलाई भेट्न आचार्य निवास इलाम पुगेका हुन् ।
उनी संसद भवन अगाडी आत्मदाह गर्ने आचार्यको परिवारलाई एकातर्फ सान्त्वना दिन इलम पुगेको जानकारी दिएका छन् । महामन्त्री शर्माले अर्कातर्फ कोही फेरिपनी प्रेम आचार्य नबनुन् भनेर आफ्नो तर्फबाट भुमिका निभाउने संकल्प पनि गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रेम आचार्यको परिवारजन भेट्न इलाम पुग्यौं ! संसद भवन अगाडी आत्मदाह गर्ने आचार्यको परिवारलाई एकातर्फ सान्त्वना दिनु त थियो नै अर्कातर्फ कोही फेरिपनी प्रेम आचार्य नबनुन् भनेर गर्नुपर्ने कामहरू´ का लागि आफ्नो तर्फबाट भुमिका निभाउने संकल्प पनि गर्नुथियो l२५ बुँदा´ ले कयौं प्रतिनिधिमुलक पिडा र प्रश्नहरु बोकेको छ l सरकारदेखि प्रतिपक्षसम्म अनि वित्तीय क्षेत्रदेखि समग्र समाजसम्म हरेकले वितृष्णाका कारकहरुको अन्त्य गर्न गहन ढंगले र गम्भीर ढंगले कार्य गर्नुछ l’






