समाचार

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

२९ फागुन, दाङ । दाङको घोराही उपमहानगरपालिकामा- १७ बेलभारमा एक महिलालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेका छन्  । पक्राउ पर्नेमा स्थानीय बासिन्दा ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

उपचार गर्न घोराहीमा आएका दम्पती राती बास मागेर आँगनमा सुतीरहेका बेला राती १ बजे घाइते श्रीमान्लाई कुटपिट गरी श्रीमतीलाई दुई जनाले सामूहिक रूपमा बलात्कार गरेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख वीर बहादुर वलीले जानकारी दिए । 

उनी श्रीमानको खुट्टाको  उपचारका लागि तीन महिना अगाडी दाङमा आएकी थिइन् । 

फागुन २७ गते दिएको जाहेरीको आधारमा बलात्कारका आरोप लागेका दुई जनालाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।