समाचार

प्रतिनिधी सभा सदस्य उमेदवारको लागि आजदेखी दल दर्ता गर्न शुरु

८ चैत्र, काठमाडौँ । प्रतिनिधी सभा सदस्य उमेदवारको लागि आजदेखी दल दर्ता गर्न शुरु भएको छ ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता गर्न गर्न शुरु गरेको हो ।

निर्वाचन आयोगले विभिन्न कारणले रिक्त रहेको प्रतीनिधी सभा सदस्यका लागि आज बुधबारदेखी १२ गते सम्म दल दर्ता गर्नका लागि सुचना गरी गरेको थियो ।

आगामी वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुनेभएको छ।