९ चैत, काठमाडौँ । उज्बेकिस्तानमा आयोजना हुने एएफसी यु–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताई पे रहेका छन् ।
समूह ’ए’ मा अस्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यति बेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा भ्यालेन्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आई ल्यान्डलाई पराजित गरेको थियो ।
दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने यु–२० महिला एसियन कप खेल्नेछन् । उज्बेकिस्तानमा हुने यु–२० महिला एसियन कप २०२४ को मार्चमा हुनेछ । यु–२० महिला एसियन कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।