शिक्षा

आर आर क्याम्पसको बनभोजः क्याम्पस प्रमुखदेखी बिद्यार्थीहरु यसरी रमाए गोदावरी रिसोर्टमा !

१८ चैत, काठमाडौं । त्रिभूवन बिश्वबिद्यालय अन्तर्गत रत्नराज्य क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टर राजनीतिक शास्त्र बिषयमा अध्ययनरत बिद्यार्थीहरुको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवाली, राजनीति शास्त्र बिभागका बिभागीय प्रमुख डा कृपाराम बिश्वकर्मा, सिनियर प्राध्यापक रमेश श्रेष्ठ, राजनीतिक शास्त्रका बिषयगत शिक्षकहरु भेषराज घिमिरे, महेश भट्टराई, बिकास ढकालको उपस्थिति रहेको थियो ।

ललितपुरको गोदावरी भिलेज रिसोर्टमा आयोजीत आजको एकदिने पिकनिक तथा अन्तरकृया कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण रुपमा खट्नुहुने निलकण्ठ गौतम, तपेन्द्र थापा, गीता गमाल, टेकबहादुर थापा, कमला खनाललगायत सबै साथीलाई बिशेष धन्यबाद दिन चाहन्छौं ।


प्रमुख अतिथीका रुपमा रहेका क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले आफू २०५४ सालदेखी आर आर क्याम्पसमा रहेको र पछिल्लो समयमा बिकृत राजनीतिका कारण क्याम्पसको शैक्षिक गुणस्तर ल्याउन चाहेपनि समस्या परेको बताएका छन् । उनले बिद्यार्थीहरुको सल्लाह अनुसार नै शैक्षिक गुणस्तर सुधार्न आफू लागि पर्ने जिकिर गरेका छन् । अंग्रेजी, अर्थशास्त्रलगायत अन्य बिषयमा नतिजा राम्रो आएको सुनाउँदै राजनीति शास्त्रकोे नतिजाले आफूलाई चिन्तित बनाएको र यसको सुधारको लागि लाग्ने बताएका थिए ।

कार्यक्रम संयोजक तथा सभापति बाबुराम आचार्यले कम्याम्पसले तेस्रो सेमेस्टरमा अध्ययनरत अनलाईन र जिजिकल कक्षामा दुई सयको हाराहारीका राजनीति शास्त्रीका बिद्यार्थीमा २७ जनामात्र उत्तिर्ण भएर देशको शैक्षिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेको रत्नराज्य क्याम्पसको शैक्षिक गुणस्तरमा नै प्रश्न चिन्ह उठाएके हुँदा त्यसका लागि क्याम्पस प्रमुख, प्रशासन तथा राजनीति शास्त्र बिभागले गम्भीर भएर नतिजा र गुणस्तर सुधारका लागि लाग्नुपर्ने सुझाव दिएका थिए ।


बनभोजमा उच्च स्तरको हपिटलिटी सेवा दिने गोदावरी रिसोर्टका महाप्रबन्धकलगायत गोदावरी रिसोर्ट परिवारलाई तेस्रो बर्षका बिद्यार्थीले धनयबादसमेत दिएका छन् ।