समाचार

सचिव र गृहमन्त्रीको सल्लाहकार पक्राउपछि तत्कालीन गृहमन्त्री रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी

२० बैसाख, काठमाडौं । नेकपा एमालेका सचिव एबम् पुर्व उर्वामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप बिरुद्ध काठमाडौं प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । र्
कमिशन खाएर नक्कली भुटानी शरणर्थी बनाउने अभियोगमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा रायमाझी बाबुछोरालाई पक्राउ पुर्जी जारी गरिएको बताईएको छ ।
नेपाली काँग्रेसकी नेतृ सूजाता कोईरालाका स्वकीय सचिव केशव दुलाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङलगायतका बिरुद्ध प्रहरीले अनुसंधान गरिरहेको छ ।
एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा उर्जामन्त्री रहेका रायमाझीले दुलाललगायतलाई चिनेको अभिब्यक्ती मिडियामा दिएका थिए । प्रहरीले तत्कालीन गृहमन्त्री थापाका छोरालगायतलाई अनुसंधानको दायरामा राखेको छ । यसअघि सचिप पाण्डेपछि रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परिसकेका छन् ।