समाचार

काठमाडौं जिल्ला अधिवेशन १ भदौमा, ११ वटै स्थानीय तह र सबै वडाका आचार्यहरुलाई उपस्थितिका लागि आह्वान

सुबास मगर, २१ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको काठमाडौं जील्ला अधिवेशन भदौ १ गते शनिबार सम्पन्न हुने भएको छ । यसअघि २ गते सम्पन्न हुने भनिएको भएपनि प्राबिधिक कारणले अधिवेशन २०८० साल भदौ १ गते शुक्रबार ३ बजेलाई सारिएको अध्यक्ष रामजी आचार्यले बताए ।

काठमाडौंमा नयाँ बानेश्वरमा बसेको रामजी आचार्यको अध्यक्षताको बैठकले जिल्ला अधिवेशन भदौ १ गते गर्ने निर्णय गरेको हो ।

उिँसो ३ बजेदेखी अधिवेशन गर्ने भन्ने तय भएको र स्थान मध्यबानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेश रहने काठमाडौं जील्ला अध्यक्ष रामजी आचार्यले जनाएका छन् ।

सदस्यता नबिकरण गर्ने, नयाँ सदस्यता बितरण लगायतका कार्यक्रमहरु द्रुत गतीले भईरहेको भन्दै काठमाडौं जील्लाले नबिकरण गर्न र नयाँ सदस्यता लिन इच्छुक कौडिन्य गोत्रीय काठमाडौं बासी आचार्य बन्धुहरुलाई आग्रह गरेको छ ।
सदस्यता नविकरण तथा नयाँ बितरण गर्न अध्यक्ष रामजी आचार्यसंग तथा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जील्ला अधिवेशनसम्बन्धि सम्पुर्ण ब्यवस्थापनका लागि अध्यक्ष रामजी आचार्य (९८६०४२३२९७) को संयोजकत्वमा रोयल आचार्य (९८५११४५६४१), प्रमोद आचार्य (९८४११५७८६३), उत्तमराज आचार्य (९८४९१४८२०३) अन्जना आचार्य (९८४१५४०७१८) सदस्य रहेको पाँच सदस्यीय निर्बाचन तयारी समितिसमेत गठन गरिएको छ ।

समाजका अध्यक्ष बाबुराम आचार्य, महासचिव शुभनराज आचार्य, केन्द्रीय सदस्य रामहरी आचार्य, संस्थापक केन्द्रीय सदस्य रमेश आचार्यसहितको उपस्थितिमा काठमाडौं जिल्लाको बैठकले उक्त निर्णयहरु गरेको थियो ।

निकट भबिश्यमा ललितपुर र भक्तपुर जिल्लाको अधिवेशन गरिने गरी जिल्लास्थीतसमाज र अनय अग्रज बन्धुहरुसंग कुराकानी भईरहेको समाजका महासभिव शुभनराज आचार्यले जानकारी दिएका छन् ।आचार्य बन्धु समाज नेपालले सातै प्रदेश, ७७ वटै जील्ला र आवश्यक भएका स्थानीय तहमासमेत आचार्य समाज गठन गर्दै लाने र आफ्नो योजनाहरु सफल बनाउने लक्ष राखेको केन्द्रीय समितिका अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।

बैठकपछि काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्यले जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गरिने हुँदा जिल्लाले तय गरेको बैठक काठमाडौंका काठमाडौं महानगरपालीका, कागेश्वरी मनोहरा नगरपालीका, किर्तिपुर नगरपालीका, चन्द्रागिरी नगरपालीका, बुढानिलकण्ठ नगरपालीका, तारकेश्वर नगरपालीका, शंकरापुर नगरपालीका, दक्षीणकाली नगरपालीका, गोकर्णेश्वर नगरपालीका, टोखा नगरपालीका, नागार्जुन नगरपालीका र सबै वडाका सम्पूर्ण बन्धुहरुलाई सम्पर्क गर्न र कार्यक्रममा उपस्थिति हुनका लागि अनुरोध गरेका छन् ।

आचार्य बन्धु समाजको काठमाडौं अधिवेशन भदाै २ गते, रामजीको अध्यक्षतामा बन्यो तयारी समिति

आचार्यका छोरीबुहारीले भदौ २३ गते शनिबार राजधानीमा तीजको भव्य दर खाने र नाचगाान गर्ने

आचार्यहरूको काठमाडौँमा भव्य दही चिउरा कार्यक्रम सम्पन्न, कसले के के भने ? 

आचार्य समाज छोरीबुहारी बिभाग गठन, अध्यक्षमा अम्बिका, सचिवमा वविता