समाचार

मैले खोजेको स्वतन्त्रता यस्तो थिएन!

– रविन्द्र मिश्र – कविता

तिमीले गोहत्या गर्यौ – म बोलिन
तिमीले मन्दिरै छेऊ चर्च बनायौ – म बोलिन
तिमीले पशुपतिमा बाइबल बाँड्यौ – म बोलिन
तिमीले छ्योर्तेनको ठाऊँमा क्रुस ठड्यायौ – म बोलिन
तिमी जब मैँमाथि जाई लाग्यौँ
मेरा लागि बोलिदिने कोही थिएन!
सबै, आफैँ–आफैँ चिच्याइ–रहेका थिए
सबै, आफैँ–आफैँ भागदौड गरि–रहेका थिए
खुकुरी, खुँडा र तरबार नाचि–रहेका थिए
तिनले घर जलाए, मठ–मन्दिर जलाए
गुम्बा जलाए, गिर्जाघर जलाए
मस्जिद जलाए, मुन्दुम जलाए
वेद, बाइबल, त्रिपिटिक, कुरान जलाए
सबैले जिते – जितेर हारे !
विश्वमा यस्तो नभएको होइन
आँखा देख्नेहरू समयमैँ, नरोएको होइन
कसैका लागि बोलिदिने कोही थिएन
मैले खोजेको स्वतन्त्रता यस्तो थिएन !