समाचार

मीन बहादुरको दाबीः अझै बालुवाटारमामात्र २४ रोपनी जग्गा बाँकी छ, पहिले सबै सरकारी कागज हेरेरै लिएको हुँ

७ भदौ, काठमाडौं । २०७७ साल माघमा २ करोड धरौटीमा छुटेका बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा ल्याउन महत्वपूर्ण भूमिका खेलेको अभियोग लागेका भाटभोटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मिन बहादुर गुरुगंले आफुले जग्गा खरिद गर्दा नेपाल सरकारको आधिकारिक निकाय मालपोतमा पुर्जा नक्सालगायतका आवश्यक कागजात हेरेरमात्र खरीद गरेको बयान दिएका छन् ।
उनले आज बयान दिने क्रममा जग्गा खरीद गर्दा आफुले सरकारी भन्ने जानकारी नभएको भन्दै भने, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’
ब्यावशायी गुरुगंले बालुवाटारको जग्गा घोटालामा असार १२ गतेदेखी प्रहरी हिराशतमा भएपछि लिईईएको बयानमा भनेका छन्, ‘‘मैले र मेरो परिवारका सदस्यले जग्गा खरिद गर्दा सरकारले जारी गरेको लालपूर्जा हेरेर मालपोत कार्यालय, डिल्लीबजारमा मोठ, श्रेस्ता भिडाएर जग्गाधनीलाई रकम भुक्तानी गरी खरिद गरेका हौं ।’
ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा ब्यावशायी मीन बहादुर गुरुगंसहितका डेढ दर्जन प्रहरी हिराशतमा रहेका छन् । उक्त काण्डमा केही अभियुक्तले भने खरीद गरेको जग्गा पनि सरकारलाई फिर्ता गरेका छन् ।