साहित्य

‘बिपी साहित्य महोत्सव-२०८०’का लागी कांग्रेसले तोक्यो जिम्मेवारी

२३ भाद्र, काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार बिभागले “बिपी साहित्य महोत्सव-२०८०” लाई सफल पार्न सूचना, संचार तथा प्रचार बिभागका सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको बैठकले दिपक कुईकेल र चेतराज रेग्मीलाई अतिथि सत्कार संयोजनको जिम्मेवारी दिएको छ भने अशोकनाथ योगीलाई ब्यवस्थापन तथा अनुगमन संयोजनको जिम्मेवारी दिइएको छ।

त्यस्तै, ईन्द्र रिजाललाई मिडिया संयोजन, राजु मास्के फेसबुक तथा टिकटक संयोजन, मोती पौडल रेडियो तथा एफ.एम. संयोजन, दिपेन्द्र बान्तवा टी.भी. तथा ट्वीटर संयोजन र ई. हुकुम बहादुर बुढालाई प्रत्यक्ष प्रसारण संयोजनको जिम्मेवारी दिइएको छ ।