समाचार

रास्वपाका पूर्वसांसद ढाका श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा रेग्मी पक्राउ

२८ भदौ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।

रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेपछि आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।