२ असोज, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्ने ग्राहकहरुले पाउनेछन् ।
उक्त सम्झौता बामोजिम बैंकका ग्राहक महानुभावहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि. र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नु हुनेछ । नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ सेयरधनी बचत खाता” न्यूनतम मौजदात रु.१००- मा खोल्न सकिने, निःशुल्क Connect IPS रजिष्टे«शन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र Portfolio Management Service मा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन् । यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएका छन् । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको Debit Card प्रयोग गरी नेपालभरी रहेकोVISA Networkमा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्न सकिने तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।





