मनोरञ्जन

अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” को उत्कृष्ट प्रदर्शन

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin बेस्ट द् याम् ब्लुज महोउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेको कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए ।

अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् ।

आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहोरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएको थियो ।

सो कार्यक्रममा नेपालको मौलिक तालमा आधारित अशेषले रचना गरेका इन्सर्च टुवार्डस् फ्रिडम, जात्रा भाइव, कस्मिक भाइव तथा आफ्नो छौठों एल्बमका गीतहरू पनि प्रस्तुत गरेका थिए ।

“बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी।बी। किंगको जन्मदिनको अवसरमा अल स्टार ज्याम प्रस्तुत गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएको थियो ।

सो ब्लुज महोउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials, Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेका थिए ।

अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियो । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिएकमा थिए भने म्यानेजरको भूमिका पिउश दाहालले गरेका थिए।