७ असोज, जनकपुरधाम । धनुषाको बिगहीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षिय धिरज कुमार महतो मृत्यु भएको हो । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलमा बस्दै आएका थिए ।
उनी शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न जाने क्रममा डुबेर निधन भएको हो ।





