समाचार

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय

२२ असोज, काठमाडौं । उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ ।

अध्यक्ष घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको हो ।

९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय उनी फरार थिए ।

घर्ती गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।