समाचार

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी

१ चैत, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा मन्त्री भण्डारीले दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागिपर्ने बताए । महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने सरकारको योजना छ ।” उनले भने–“कञ्चनपुरलाई आद्यौगिक केन्द्रका रुपमा विकास गर्न म दत्तचित्त भएर लाग्नेछु ।”

सुदूरपश्चिमको विकासका संवाहक जडीबुटी र खानीजन्य उद्योग प्रवद्र्धनमा उद्योग मन्त्रालयका तर्फबाट भरमग्दुर प्रयत्न हुने तथा उच्चस्तरीय अध्ययन टोली परिचालन गरिने उनले बताए ।

मुलुकमा लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास भइरहेको बताउँदै उनले सरकार लगानी सम्मेलनको तयारीमा लागेको जानकारी दिए ।“निजी क्षेत्रसित निकट रहेर सरकार अघि बढ्न चाहन्छ ।” उनले भने–“त्यसका लागि थुप्रै ऐन÷कानुन संशोधन गर्नुपर्नेछ, लगानीमैत्री वातावरण बनाउन बाधक ऐनकानुन संशोधन गरिने छन् ।”