अन्तर्राष्ट्रिय

पाकिस्तानका राष्ट्रपति आसिफा औपचारिक रूपमा राजनीतिमा प्रवेश

७ चैत, इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेका छन् ।

राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेका हुन् । सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गरेको छ । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा जिजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि उहाँले जितेको निर्वाचन क्षेत्र खाली हुनपुगेको छ ।

राष्ट्रपति जरदारीले आसिफालाई देशको प्रथम महिला नियुक्त गर्ने अनुमान गरिएको एआरवाई न्यूजले पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यदि, असिफालाई प्रथम महिला घोषित गरिएमा विशेष गरी परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ ।

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।

भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसकेका छन् ।

तर, यसपटक पीपीपीले शहबाज सरिफ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष आसिफ जरदारीले आइतबार पाकिस्तानको १४ औं राष्ट्रपतिका रुपमा सपथ लिएका छन् ।

जरदारी सेनाका प्रमुखबाहेक दोस्रो पटक राष्ट्रप्रमुख निर्वाचित हुने एकमात्र गैर–सैनिक (नागरिक) उम्मेदवार छन् । उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्बाचन भएको थियो । इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारले अधिकतम ९२ सिटसहित पाकिस्तानको पहिलो शक्ति बनेपनि उनीहरू दलीय झण्डाबाट प्रतिनिधि नभएका कारण पिटिआईलाई ठूलो दलको रूपमा मान्यता दिइएको छैन । निर्बाचनमा दोस्रो धेरै (७३) सिट जितेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले संसद्मा सबैभन्दा ठूलो दलको मान्यता पाएको छ र ५४ सिट जितेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले दोस्रो ठूलो दलको मान्यता पाएको छ ।

निर्बाचनका समय इन्टरनेट बन्द, धाँधलीपूर्ण मतदान र मतदानमा ‘समान अवसर’ को अभाव भएको आरोप पिटिआई र अन्य धेरै दलले लगाएपछि चुनावलाई विवादास्पद मानिएको थियो । पीपीपी र पीएमएल–एनबीच पाकिस्तानमा सरकार गठनका लागि केही दिनको छलफलपछि सरकार गठनका लागि सहमति भएको थियो ।