समाचार

आचार्य समाजः अध्यक्षमा यमकान्तसहित १३ सदस्यीय गैंडाकोट नगरसमिति गठन

३१ बैसाख, भरतपुर । आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालयको रणनीति अनुसार नवलपरासी, सुस्ता पुर्वको गैंडाकोट नगरसमिति गठन भएको छ । आज भएको गैँडाकोटका आचार्यहरुको भेलाबाट ज्येष्ठ सदस्य लक्ष्मी प्रसाद आचार्यको अध्यक्षतामा भेला भई गैंडाकोट नगरपालीका समिति गठन भएको हो ।
गैडाकोट नगरपालीका वडा नम्बर ४ का वडाध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा चितवन जिल्ला सभापति शंकर प्रसाद आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको गैंडाकोट नगरपालीकास्तरीय भेलामा स्थानीय बुद्धिजिवी तथा अगुवा कौडिन्य गोत्रीय आचार्यहरुको ब्यापक उपस्थिति रहेको थियो ।
भेलाले अध्यक्षमा यमकान्त आचार्य, उपाध्यक्षमा हरिमाया आचार्य, सचिवमा बासुदेव आचार्य, कोषाध्यक्षमा शुभद्रा आचार्य(पोख्रेल)लाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा सुर्यमोहन आचार्य, गोबिन्द प्रसाद आचार्य, कमल आचार्य, पार्वती आचार्य, सीता आचार्य, देवानन्द आचार्य, अनन्तराज आचार्य, हरिशरण आचार्य, गोबिन्दराज आचार्यलाई चयन गरेको छ ।
आचार्य बन्धु समाज नेपाललाई बिश्वब्यापी बनाउने अभियान तीब्र रहेका भेला समाजले देशमासमेत स्थानीय स्तरमा द्रुत गतीमा समाजलाई बिस्तार गरेको छ ।

काठमाडौंमा आचार्य समाजका ६ केन्द्रीय समिति भए एकीकृत, बाबुराम आचार्य बने सर्बसम्मत अध्यक्ष

आचार्य समाजको बनभोज कार्यक्रमको अन्तिम तयारी पुरा, शनिबार चोभार आचार्यमय हुने दाबी

तेस्रो अधिवेशन सम्पन्नः कौण्डिन्य गोत्रीय महासंघको केन्द्रीय अध्यक्षमा बाबुराम आचार्य निर्बाचित

आचार्य समाजको ‘चोभार बनभोज’मा एक हजारको उपस्थिति हुने दाबी, दुई सयले काटिसके कुपन