१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलाई मातृ शोक परेको छ । शनिबार दिउँसो २:३० बजे डडेल्धुरा क्षेत्रीय अस्पतालमा नेता महरकी आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा निधन भएको हो ।
डडेल्धुराको भागेश्वोर गाउँपालिका ३ लामिकाण्डे निवास लिलादेवीको उपचारका क्रममा डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा शनिवार दिउँसो निधन भएको कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
स्वर्गीय ललितादेवीका नेता महरसहित ५ जाना छोरा छन् । स्वर्गीय लिलादेवीको शवयात्रा भोलि बिहान ५ लामिकाण्डेबाट सुरु भइ गर्गक्षेत्र गैरीवागर महाकाली नदिमा ११ बजे अन्त्येष्टि गरिने छ ।





