२३ मङ्सिर, जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार एउटा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु र ४९ जनाको उद्धार
गरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।
उक्त पानी जहाज सुमेनेप रिजेन्सीको बन्दरगाहबाट प्रस्थान गरेपछि दिउँसो १ः१० बजे दुर्घटना भएको हो ।
जहाज सितुबोन्डो रेजेन्सीको बन्दरगाहतर्फ गइरहेको थियो । प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद हरियादीका अनुसार दुवै राज्यहरू पूर्वी जाभा प्रान्तमा अवस्थित छन् ।
मुहम्मद हरियादीले भने,“एक जनाको मृत्यु भएको, अर्को बेपत्ता र अन्य ४९ जनाको उद्धार गरिएका छन् ।”
उद्धारमा संयुक्त उद्धार टोलीका करिब ५० जना कर्मचारी संलग्न रहेका र बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए । हरियादीले उक्त घटनाका लागि चरम मौसमी अवस्थालाई दोष लगाइए ।
“खराब मौसमका कारण यस्तो भएको हो,” उनले थपे ।
इन्डोनेसियाको मौसम विज्ञान तथा जियोफिजिक्स एजेन्सीले भारी वर्षा लगायतका चरम मौसमी अवस्थाहरूको चेतावनी दिएको छ ।