समाचार

स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिल कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी

१८ पुस, काठमाडौँ । काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । उनीहरुबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले थुनामा छन् ।