२९ पुस, काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने अझै दुई दिन हिरासतमा रहने भएका छन् ।
न्यायाधीश माधव अधिकारीको इजलासमा भइरहेको थुनछेक बहस आज पनि नसकिए पछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइने भएको हो । भोलि सार्वजनिक बिदा परेको हुँदा नसकिए बुधबारमात्रै गराइने अदालत स्रोतले जनाएको छ ।
लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।





