समाचार

बबरमहलमा पाइप फुटेपछि सडक भासियो, सवारी आवतजावतमा रोक 

३० माघ, काठमाडौँ ।  काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक भासिएको छ। आज दिउँसो पाइप फुटेर सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।  

जिल्ला अदालत काठमाडौँ अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा मेलम्चीको पाइप फुटेको मेलम्ची खानेपानी परियोजनाले बताएको छ। 

यसैगरी, सडक डिभिजनले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेको र सडक भासिएको भन्दै अब प्राधिकरणले  बताउनु पर्ने जनाएको छ।