समाचार

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै चिसो पनि बढ्यो 

३ फागुन, काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। बिहान ८:४५ बजे मापन गरिएको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस कायम रहेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजेसम्मको तापक्रम मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो। आज काठमाडौँ उपत्यकामा अरू दिनको जसरी राम्रोसँग घाम लागेको छैन। हिजो भन्दा आज झन् मौसम चिसो हुँदै गएको हो। 

यसअघि आजै बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

महाशाखाकाले आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरेको छ। 

हिजो शुक्रवार भने काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २०.६ तथा न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको महाशाखाकाले जनाएको छ।