समाचार

मतदाता कार्डको विषयलाई लिएर पाटन क्याम्पसमा झडप, चुनाव स्थगित

५ चैत, काठमाडौँ । मतदाता कार्डको विषयलाई लिएर विवाद हुँदा पाटन संयुक्त क्याम्पसमा झडप भएको छ ।

स्ववियु चुनावको मतदान सुरु भएपछि मतदाता कार्डको विषयमा विवाद भएको थियो। विद्यार्थीहरूबिच विवाद बढ्दै गएपछि अनेरास्ववियु (क्रान्तिकारी) र  नेविसंघका विद्यार्थीहरूबिच झडप भएको हो। झडपमा परि केही विद्यार्थी नेताहरू घाइते भएका छन्। 

करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो । विद्यार्थीहरूबिच झडपको अवस्था आएपछि  मतदान स्थगित भएको छ। मतदान स्थगित भएसँगै अब कहिले गर्ने भन्नेमा अन्योल देखिएको छ।