७ चैत, काठमाडौँ । प्रहरीले ठुलो परिमाणमा नेपालमा कारोबारमा निषेध गरिएको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीन हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल आएको गाडी चेकजाँच गर्दा ७४० पिस भेप बरामद भएको हो ।
बाह्रबिसेको खुर्सानीबारी स्थित अस्थायी प्रहरी पोष्टले गएराति चेकजाँचको क्रममा भेप बरामद गरेको हो ।
प्रहरीका अनुसार साना–ठुला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप बरामद भएको हो। तर तत्काल खोलेर हेर्न नमिल्ने भएकाले विस्तृत रूपमा आउन वाकी रहेको प्रहरीले जानेको छ।
उक्त भेप लाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।