२३ चैत, काठमाडौँ । शिक्षा ऐनको माग राखेर आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ केन्द्रित आन्दोलनको आज तेस्रो दिन शिक्षकहरूले सडकमा सुतेर प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासङ्घको नेतृत्वको देशभरका शिक्षकहरू आन्दोलित छन्। सरकारले पटक पटक वार्तामा बोलाए पनि शिक्षा ऐन जारी नहुँदासम्म वार्ताको कुनै औचित्य नहुने भन्दै सरकारको आग्रहलाई अस्वीकार गर्दै आएका छन्। आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित भएर सदाका उत्रिएका हुन्।
उनीहरूले शिक्षा ऐन जसरी भए पनि जारी गर्नु पर्ने भन्दै दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन्। आज आधा घण्टा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्।