२३ चैत,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्ना पार्टीका सभापति रवि लामिछानेलाई फसाउन षड्यन्त्र भएको आरोप लगाएका छन्। आज चितवनमा भएको ‘जनयात्रा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न दिएको आदेशमाथि गम्भीर आशङ्का व्यक्त गरेका हुन्।
उनले बहस सकिएको दुई घण्टा भित्र फैसला तयार हुन नसक्ने जिकिर गरे। उपसभापति वाग्लेले निकै विद्वान व्यक्तिले लेखेको जस्तो लाग्ने उक्त फैसला अन्तै कतै तानाबाना बुनेर तयार पारिएको बताए ।
पूर्व निर्धारित कार्यक्रममा बोल्न नै नदिन षड्यन्त्र पूर्वक सभापति लामिछानेलाई पक्राउ गरेको उनले बताए। कानुनी राज्यको धज्जी उडाउँदै सभापतिलाई पक्राउ गरिएको वाग्लेको आरोप छ।