२४ चैत, काठमाडौँ । चैत २० गते देखि आन्दोलनमा रहेका शिक्षकहरूले आज सिट्ठी फुकेर जुलुस निकालेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि आन्दोलन गरेका हुन्।
उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन्।
सरकारले आफ्ना जायज मागहरू पुरा नगरे भोली चैत्र २५ गतेदेखि शैक्षिक हडताल गर्ने बताएका छन्। महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै माग पुरा नभए भोलीबाट शैक्षिक संस्था ठप्प पार्ने चेतावनी दिएको हो।