२५ चैत, काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज हुँदै छ । कानुन व्यवसायीहरूको छाता सङ्गठन रहेको बारको निर्वाचन गत शनिवार सकिए पनि मतगणना बने आजबाट सुरु गर्न लागिएको हो।
अन्य प्रदेशमा भएका निर्वाचनको मतपेटिका काठमाडौँ ल्याउन ढिलाइ भएकाले मतगणना आजबाट सुरु गर्ने बताइएको थियो।
निर्वाचन समितिका अनुसार नेपाल बार एसोसिएसनको भवनमा आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ ।
काँग्रेस–एमालेको गठबन्धनबाट डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् ।यसै गरी सत्ता इतर प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् ।
शनिवारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरूमध्ये ७ हजार ९९५ मतदान गरेका थिए।