२५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनलाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेको छ। दुई कार्यकाल देशको उपराष्ट्रपति बनेका पुन विगत केही समय देखि माओवादी केन्द्रको बैठकमा सहभागी हुँदै आएका थिए।
पुनलाई केही दिन अघि बसेको पदाधिकारी बैठकले उपाध्यक्षमा एकै पटक मनोनीत गरेको हो।
तत्कालीन माओवादी जनयुद्ध कालका जनमुक्ति सेनाका डेपुटी कमान्डर पुनलाई माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीले दुई कार्यकाल उपराष्ट्रपति बनाएको थियो।
उनी २०७२ सालमा पहिलो पटक उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।